काठमाडौं, १९ बैशाख । गैरआवासीय मधेशी संघ (एनआरएमए)का कार्यवाहक अन्तर्राष्ट्रिय अध्यक्षमा ई. शम्भुनाथ साह चयन भएका छन् ।
जनमत पार्टीको राष्ट्रिय अध्यक्ष डा. सिके राउतले बैशाख १५ गैरआवासीय मधेशी संघका कार्यवाहक अन्तर्राष्ट्रिय अध्यक्षमा शम्भुनाथ साहलाई मनोनित गरेका हुन् । साह गैरआवासीय मधेशी संघ, कतारको प्रमुखको रूपमा काम गर्दै आएका थिए ।
गैरआवासीय मधेशी संघ (एनआरएमए) जनमत पार्टीको एउटा सशक्त मोर्चा हो। जनमत पार्टी सदैव गैरआवासीय मधेशी संघको नेतृत्व वर्गलाई स्थापित गर्नुका साथै हरेक सदस्यहरूलाई हरेक ठाउँमा सम्मान दिँदै समर्थन गर्दै आएको छ।
१० लाख रोजगारी दिने जनमत पार्टीको प्रमुख एजेण्डा पनि पार्टीले मुख्यतः गैरआवासीय मधेशी संघकै सदस्यहरूको लागि तय गरेको हो ताकि विदेशबाट फर्केपछि तिनीहरूलाई स्वदेशमैं रोजगारी दिन सकिओस्। जनमत पार्टी अथक रूपमा गैरआवासीय मधेशीहरूको लागि काम गर्दै आएको छ।
तपाईको प्रतिक्रिया