वीरगंज, २१ असार । गिरिजाप्रसाद कोइराला फाउन्डेसन पर्साले गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्वसभापतिको ९६औंं जन्मोत्सवको अवसरमा फाउण्डेशन पर्साले दुई पत्रकारलाई जनही नगद २१ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
नेपाल पत्रकार महासघको सभाहलमा आयोजित कार्यक्रममा पत्रकार कन्हैयालाल केसरी र सञ्चार क्षेत्रमा उदयमान युवा पत्रकार निलिमा पौडेललाई पुरस्कार प्रदान गरिएको छ ।
गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्म जन्यती मनाउने तीन दिवसीय कार्यक्रम अन्तर्गत शनिबार तेस्रो दिन पत्रकारिताको माध्यमबाट नेपालमा गण्तन्त्रका लागि कलम चलाएर विशेष योगदान दिएको भन्दै पत्रकार द्वयलाई सम्मान गरिएको हो ।
जी.पी कोइराला फाउन्डेसन पर्साका अध्यक्ष महम्मद शहाबुद्दिनले यस वर्षबाट पत्रकार सम्मान कार्यक्रम सुरु गरेको बताए । गण्तन्त्र नेपालको परिवेशमा सञ्चार क्षेत्रको ठुलो योग्दान रहेको अध्यक्ष सहाबुदिनको जिकिर गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरासियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चौरासियाले नेपालको राजनीतिक परिवर्तनमा गिरिजा प्रसाद कोईरालाले ठूलो योगदान पुर्याएको चर्चा गरे ।
तपाईको प्रतिक्रिया