धनगढी, १४ जेठ । सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन् । उनीहरुमध्ये धेरै कैलालीको गौरिफन्टा नामाबाट भित्रिएका छन् ।
कैलालीको गौरिफन्टा नाकाबाट मात्रै १९ हजार ४ सय ८३ जना भित्रिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतकाअनुसार मंगलबार एकैदिन यो नाकाबाट ५०१३ जना नेपाल भित्रिएका हुन् ।
कञ्चनपुरको गड्डाचौकी र दोधरा चादँनीबाट ५ हजार ९७० भित्रिएको जिल्लाप्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रबिन्द्र पौडेलले बताए । उनले भने, ‘हामीले सम्बन्धित स्थानीय तहमा पठाइरहेका छौं ।’
प्रदेशको पहाडि जिल्लाका सीमा नाकाबाट पनि नागरिक नेपाल भित्रिरहेका छन् । बैतडीकाको झुलाघाट नाकाबाट पनि ३७८ जना आएको प्रहरी प्रमुख डिल्लीनारायण पाण्डेले जानकारी दिएका छन् ।
प्रदेशका ४ नाकाबाट २६ हजारबढी नेपाल प्रवेश गरेपनि अधिकांशको स्वास्थ्य परीक्षण भएको छैन । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले आडीटी किटको अभावले भारतबाट आउने अधिकांशको स्वास्थ्य परीक्षण हुन नसकेको स्वीकार गरे ।
तपाईको प्रतिक्रिया