गरिबको घर–घरमा पुगेर राहत बाँड्दै समाजसेवी कन्थमनी जयसवाल

समाचार

4/21/2020

रौतहट, ९ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका प्रभावशाली नेता एवं गरुडा निवासी समाजसेवी कन्थमनी प्रसाद जयसवालले विगत केहि दिनदेखि गरिबको घर–घरमा पुगेर राहत बाँडिरहेका छन् ।

लकडाउनका कारण खाना नपाएर समस्यामा परेका दलित, असाहाय, विधवा तथा अति विपन्न परिवारहरुलाई समाजसेवी जयसवाल घर घरमै पुगेर राहत वितरण गरिरहेका छन् ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिब परिवारहरुलाई नेता जयसवालले आफनै व्यक्तिगत लगानीमा राहत बाडिरहेका छन् ।

रौतहट क्षेत्र नं ४ का सांसदका प्रत्याक्षी एवं राजपाका क्षेत्रीय अध्यक्ष समेत रहेका नेता कन्थमनी जयसवालले आफना व्यक्तिगत लगानीमा सोमबार गरुडा नगरपालिका वडा नं—८ को जिंगडिया र विर्ता टोलका ३८ गरिव घर परिवारलाई राहत वितरण गरेका छन् ।

नेता जयसवाल प्रतिपरिवार १० किलो चामल, ३ किलो दाल, १ किलो प्याज, १ किलो नुन, ५०० ग्राम खाने तेल वितरण गरेका छन् ।

रौतहट उधोग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका नेता जयसवालले आफुले यस विपदमा गरिव, दलित, अपांग, लगाएत अति विपन्न परिवारलाई निरन्तर सहयोग गरिरहने प्रतिवद्धता जनाएका छन् ।

महाविपदको यसघडिमा अरु माननिय सांसद हराएपनि नेता जयसवालले गरिव जनताको चुल्हो बाल्नको लागि खाद्यान्न उपलब्ध गराईरहेकोमा उहाँको यो कदम निकै सराहनीय रहेका भन्दै सर्वत्र प्रशंसा भइरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ