गौरमा स्मृति टावर शिलान्यास

समाचार

2/8/2021

रौतहट, २६ माघ । रौतहटको ऐतिहासिक र सबभन्दा पुरानो स्थानीय तहको रूपमा रहेको गौर नगरपालिकाले आफ्नो नगरबाट १ करोडौंको लागतमा स्मृति टावर निर्माण हुन लागेको छ ।

विभिन्न कालखण्डमा देशमा परिवर्तन ल्याउने क्रममा आफ्नो ज्यान गुमाएको वीर शहीदहरूको सम्झानामा स्मृति टावर निर्माण कार्यको लागि सोमबार एक कार्यक्रम बिच शिलान्यास भएको छ ।

गौर नगरपालिकाका मेयर दाजु अजय कुमार गुप्ताले वडा नं. ३ अवस्थित मधेश आन्दोलनको केन्द्र बिन्दुको रूपमा रहेको वीपी चौक अर्थात मधेशी क्रान्ति चौकमा नगर स्तरीय योजनाबाट दुई वर्ष भित्रमा ऐतिहासिक कार्यलाई सम्पन्न गर्ने योजना रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ