सिरहा, १२ असार । सिराहाको गोलबजार नगरपालिका वडा–६ का अध्यक्ष बसन्त कुमार लामा उत्कृष्ट जनप्रतिनिधीको रुपमा सम्मान गरेको छ ।
बिहीवार नगरपालिकाको सदरमुकाम गोलबजारमा आयोजना गरिएको नगर सभामा अध्यक्ष घिसिङ्लाई गाउँपालिका नगरपालिका प्रमुख देवनाथ शाह र उपप्रमुख रेशम कुमारी थापाले खादा लगाई कदर पत्र प्रदान गरेका हुन् ।
वडाध्यक्ष घिसिङ्ले आफुले गरेको कामको मुल्याङकन भएको र अझ थप जिम्मेवारी थपेको महशुस भएको बताए ।
“उत्कृष्ट जनप्रतिनिधीको रुपमा मलाई सम्मान गर्नु भएकोमा अत्यन्तै खुशी छु र थप जिम्मेवारी बढेको महशुस भएको छ ।
मेरो वडामा दलित समुदायलाई उकास्ने, शिक्षा र खानेपानिमा विशेष जोड दिने गरी कार्यक्रम ल्याएको छु ।“ उनले उज्यालो नेटवर्कसँगको संवादमा भने ।
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधी, कर्मचारी,पत्रकार,समाजसेवी तथा विभिन्न सामाजिक संस्थामा आवद्ध व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
तपाईको प्रतिक्रिया