गोली लोड भएको पेस्तोल सहित एक जना पक्राउ

समाचार

4/20/2021

नवलपरासी, ७ बैशाख । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले गोली लोड भएको पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने बर्ष २२ को सुनिल भेडियार पाल रहेका छन् ।

प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे चार बजेको समयमा भारतबाट नेपाल तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यु पी ५७ एजेड ५०१९ नम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक सुस्ता गाँउपालिका वडा नम्बर ५ तरैनी बस्ने भेडियार पालको साथबाट एक राउण्ड चेम्बर लोड भएको टाइप ५४ जस्तो देखिने म्याग्जिन सहितको पेस्तोल सुस्ता गाउँपालिका वडा नम्बर ५ रामनगर नारायणी नदिको ठोक्कर नं ४ बाट फेला पारेको हो ।

बरामद भएको पेस्तोल, गोली र भेडियार पाललाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ