रौतहट, ४ भाद्र । अज्ञात समूहले रौतहटमा बुधबार राति साढे ९ बजे एक मन्दिरका पुजारीको गोली हानी हत्या गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो ।
मन्दिरअगाडि खाना खाने क्रममा साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी फरार भएको प्रहरीले जनाएको छ ।
गोली प्रहारबाट पुजारीको घटनास्थलमै मृत्यु भएको थियो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया