गृह जिल्लामा उपप्रधानमन्त्री महासेठको स्वागत

समाचार

6/13/2021

जनकपुरधाम, ३० जेठ । उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आएका नेकपा (एमाले)का नेता रघुवीर महासेठलाई उनको निर्वाचन क्षेत्र नं ४ को महेन्द्रनगरमा स्वागत गरिएको छ ।

धर्मपत्नी एवं निवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोसँंगै आएका महासेठलाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका हुन् ।

स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री महासेठले यस क्षेत्रको जनता र विकासका लागि सदैव तयार समर्पित रहने बताए ।

मन्त्री महासेठले विकास निर्माणको निगरानी गर्न पनि जनतालाई सतर्क रहन आग्रह गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ