घाँटी थिचेर छिमेकीको हत्या गरेको अभियोगमा एक जना पक्राउ

समाचार

5/21/2020

महोत्तरी, ८ जेठ । छिमेकीको घाँटी थिचेर हत्या गरेको अभियोगमा सोन्मा गाउँपालिका–३ रघुनाथपुर बस्ने२७ वर्षीय जयनाथ यादवलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

सोही गाउँपालिका–७ सुन्दरपुर बस्ने ६७ वर्षीय दिपलाल यादवलाई जयनाथले सार्वजनिक पोखरीमाघाँटी थिचेर सोही पोखरीमा डुबाई मारेको भन्ने खबरप्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ