घुरबाट आगलागी हुँदा किशोरको मृत्यु

समाचार

12/20/2020

मोरङ, ५ पुस । विराटनगर महानगरपालिका–१४ झट्याई बस्ने राजेश दाश तत्माको घरमा बालेको घुरबाट आगलागी हुँदा एक किशोरको मृत्यु भएको छ ।

शनिबार राति आगलागी हुदाँ आगोमा जलेर राजेशको छोरा १४ बर्षीय रबिन दास तत्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै सोही आगलागीमा जलेर घाइते भएका २ जनाको कोशी अस्पताल बिराटनगरमा उपचार भइरहेको छ ।

साथै, आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, फर्निचर, नगद गरी करिब ४ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीयबासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ