कपिलवस्तु, १७ असार । बुद्धभूमि नगरपालिकाको घोराही नदीमा पुल निर्माण कार्य सम्पन्न भई संचालनमा आएको छ । नगरपालिकाले आफ्नै लगानीमा ३ करोड बढी लागतको पक्की पुल बनाएको छ ।
वडा नम्बर १० स्थित घोराही नालामा लोहरौला– अलीनगर गाउ जोडने पुल बनाइएको हो । बहुवर्षे आयोजनाअन्तर्गत २ वर्ष लगाएर ३ करोड ३३ लाख ६२ हजार ५ सय ८० रुपैयाँ लागतको पुल निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।
पुल २० दशमलव ५ मिटर लामो र ७ दशमलव २० मिटर चौडा छ । पुल निर्माणले बुद्धभूमि र तौलिहवा आउजाउ गर्न निकै सजिलो भएको छ ।
पुलको मेयर केशव कुमार श्रेष्ठले उद्घाटन गरेको हुन् । पुलको उद्घाटन गर्दै मेयर श्रेष्ठले राजपुर देखी तौलिहवा आउन जान स्थानीय बासीलाई अब सहजता भएको बताए ।
नगरपालिकामा आवश्यकतामा आधारित ठूला साना विकास कार्यमा आफूहरु निरन्तर लागेको समेत श्रेष्ठले बताए ।
कार्यक्रममा उप मेयर मिरा थारु, वडा नं १ का अध्यक्ष तिलक बस्नेत वडा नं ४ का अध्यक्ष पवन कुमार चौधरी वडा नं ५ का अध्यक्ष वेचन यादव, १० का वडा अध्यक्ष सन्दिप पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेल लगातको सहभागिता रहेको थियो ।
पुल निर्माण संगै स्थानीयलाई आवजजावत गर्न निकै सहज भएको वडा नं १० का बहरैची केवटले बताए ।
तपाईको प्रतिक्रिया