घर फिर्ता हुन चाहने नेपालीको व्यवस्था मिलाउन उत्तर प्रदेशका मुख्यमन्त्रीको निर्देशन

समाचार

5/12/2020

काठमाडौं, ३० बैशाख । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घर फर्किन चाहने उत्तर प्रदेशमा रहेका नेपालीको लागि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपाल नफर्की भारतमा नै बस्न चाहने नेपालीको लागि पनि आवश्यक व्यवस्था गर्न निर्देशन दिएका छन् ।

काम, पढाइ तथा अन्य सिलसिलामा उत्तर प्रदेश पुगेका धेरै नेपालीहरु अहिले लकडाउनको कारण रोकिएका छन् ।

भारतमा मजदुरहरुलाई रेलबाट आफ्नो गन्तव्यमा र्पुयाउने काम शुरु भएसँगै उत्तर प्रदेशका मुख्यमन्त्रीले उत्तर प्रदेशमा रहेका नेपालीलाई पनि घर फर्किने व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ