वीरगन्ज, १९ असार । प्रदेश २ सरकारले खेतमा धान रोप्दै गर्दा चट्याङ लागेर मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै रक्सी खाएर मृत्यु भएका परिवारलाई भने तीन÷तीन लाख दिएको छ ।
वर्षासँगै परेको चट्याङले बिहीबार कलैया उपमहानगरपालिका–१२ शीतलपुरकी ३५ वर्षीया आशादेवी महतो, ४५ वर्षीया हलिमा खातुन, फेटा गाउँपालिका–१ की ३० वर्षीया इन्दुदेवी महतो र ४० वर्षीया सुनारपतिदेवी महतोको मृत्यु भएको थियो ।
खेतमा धान रोपिरहेका बेला चट्याङ लागेर घटनास्थलमै उनीहरुको ज्यान गएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री जितेन्द्र सोनलले मृतकका परिवारलाई एक–एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयामा मृत्यु भएका परिवारलाई गत चैत ३ मा मुख्यमन्त्री लालबाबु राउत आफैं उपस्थित भई ३र३ लाख राहत उपलब्ध गराउने घोषणा गरे ।
मृतक परिवारलाई चेक प्रदान गरिसकेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले जानकारी दिए ।
महोत्तरीको भंगहा नगरपालिका–७ को मेघनाथ गोरहन्ना र बर्दिवास नगरपालिका–१२ को अहिमान बस्तीका ११ जनाको रक्सी सेवनले मृत्युु भएको थियोे ।
त्यहाँ पनि मुख्यमन्त्री राउत पुगेर ३÷३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए । विरोध भएपछि सामाजिक विकासमन्त्री नवलकिसोर साहले एक लाखदेखि बढीमा तीन लाख रुपैयाँसम्म दिएका थिए ।
तपाईको प्रतिक्रिया