विराटनगर, १० असार । चट्याङ लागेर मोरङको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ ।
रतुवामाई नगरपालिका–३ चौकीघाट मुसहरी टोल बस्ने ६० वर्षीया रामसितिय ऋषिदेबको खेतमा दाल टिप्ने क्रममा चट्याङ लागेर बुधबार दिउँसो मृत्यु भएको हो ।
यसैगरी, रंगेली नगरपालिका–६ मलङ्गथानस्थित पिठारीको रुख मुनि बसिरहेको अवस्थामा चट्याङ लागेर सोही ठाउँ बस्ने २० वर्षीय नितेस रायको बुधबार दिउँसो मृत्यु भएको छ ।
चट्याङ लागेर गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै चट्याङ लागेर उनीसँगै घाइते भएका अन्य ४ जनाको सोही अस्पालमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया