चितवन खैरैनीमा भारतद्वारा विद्यालयको नयाँ भवन निर्माण

समाचार

4/1/2021

काठमाडौं, १९ चैत । भारत सरकारको ने.रू १८.६६ मिलियन आर्थिक सहयोगमा निर्मित श्री राष्ट्रिय प्राथमिक विद्यालय, सुल्ताना (पुनःनामाकरण आधारभुत विद्यालय सुल्ताना) खैरेनी गा.वि.स–०५, चितवनको नयाँ विद्यालय भवन नितेश कुमार, महावाणिज्यदूत, भारतको महावाणिज्य दूतावास, बीरगंज र मेनेजर चौधरी, वडा अध्यक्ष, वडा नं ०७, खैरहनी नगरपालिका, चितवनद्वारा संयुक्तरूपमा उद्घाटन गरिएको छ ।

उक्त उद्घाटन समारोहमा भारत र नेपालका व्यक्तित्वलगायत विघालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए ।

भारत सरकारको “नेपाल–भारत विकास सहकार्य” अन्तरगत अनुदान १२ कक्षा कोठा र सरसफाई सुविधा भएको दूई तल्ले विघालय भवन निमार्णमा उपयोग गरिएको जनाइएको हो ।

उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको समझौताअन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो ।

श्री राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना सन् १९७३ मा सुल्ताना, चितवनमा भएको थियो । यद्पि, सन् २००४ को बाढीमा विघालय पूर्णरूपले ध्वस्त भएको थियो ।

भारत सरकारको विद्यालयलाई गरिएको आर्थिक सहयोग समुदायका विद्यार्थीहरूको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धि गर्नेतिर लक्षित छ । विद्यालय भवन विघालयको जरूरतलाई ध्यानमा राखी निमार्ण गरिएको छ ।

यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै शिक्षा क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पु¥याएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ