चीनको इसारामा मलाई सांसदबाट हटायो : सरिता गिरी

समाचार

12/15/2020

राजविराज, ३० मंसिर । नेतृ सरिता गिरीले आफूलाई चीनको इसारामा उपेन्द्र यादवले सांसद पदबाट हटाएको आरोप लगाएकी छिन् ।

उनले यो कार्यमा नेकपा नेतृत्वको सरकार र जनता समाजवादी पार्टीका नेताहरु समेत मिलेको आरोप लगाइएकी हुन् ।

सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा उनले भनिन्, ‘चीनको इसारामा आफ्नै नेताहरुले आफूलाई बलजफ्ती रुपमा निकालेका हुन् ।’ आफूलाई सांसद पद र साधारण सदस्य समेतबाट निकालेपछि पार्टीका नेता र चीनका राजदूतले भिडियो कन्फ्रेन्स गरी खुशियाली मनाएको समेत उनले दाबी गरिन् । चीनका राजदूतसँग उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, अशोक राई र रेणु यादवले खुशीयाली मनाएको उनले बताइन् ।

‘बाबुराम उपेन्द्र मधेशमा आएर राष्ट्रपति प्रणाली चाहिन्छ भनिरहेका उल्लेख गर्दै गिरीले यो उनको यो तिब्बत बनाउने योजना रहेको र त्यसका निम्ति बाबुराम भट्टराईलाई जिम्मेबारी दिइएको पनि दाबी गरिन । उनका अनुसार यस कार्यमा उपेन्द्र पनि संलग्न छन् ।

मधेशमा चिनियाँ प्रभाव बढाउनकै निम्ति भट्टराई यादवसँग मिलेको समेत उनले बताइन । भारतसँग मित्रवत सम्बन्ध रहेकै कारण नेकपा र चीनको संलग्नतामा मधेशका नागरिकको नागरिकता अधिकार खोसिएको उनको दाबी छ ।

चीन सरकारलाई नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्न उनले चेतावनी समेत दिइन् ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ