चीनको ओम्नीसँग गरिएको सम्झौता रद्द, कम्पनी पनि कालोसूचीमा

समाचार

4/2/2020

काठमाडौं, २० चैत । सरकारले कोरोना उपचारमा आवश्यक स्वास्थ्य सामग्री ल्याउन ओम्नी समूहसँग गरिएको सम्झौता रद्द गरेको छ ।

स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको हो ।

सरकारले सो कम्पनीको ५ करोड रुपैयाँ धरौटी पनि जफत गरेको सो विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए ।

‘सो कम्पनीको धरौटी जफत गरी कालोसूचिमा राख्ने प्रक्रिया अघि बढेको छ,’ महानिर्देशक श्रेष्ठले नियमित पत्रकार सम्मेलनमा भने, ‘उसले निर्धारित समयमा भनेबमोजिम सामान ल्याउन सकेन ।’ उनका अनुसार ओम्नीले १० प्रतिशत मात्रै सामना ल्याएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ