काठमाडौं, १० असार । गोरखा जिल्लाको एउटा गाउँ वर्षौदेखि चीनको कब्जामा रहेको छ । उत्तरी सीमाका विभिन्न ठाउँमा चीनले कब्जामा लिएका नेपाली भूभागलाई आफ्नो मातहतमा ल्याउन नेपाल सरकार भने वेवास्ता गरिरहेको छ ।
६० बर्षअघिदेखि गोरखाको उत्तरी क्षेत्रमा पर्ने रुई गाउँ चीनको कब्जामा रहेको प्रमाण फेला परेको छ । गोरखाको साविक सामागाउँ गाविसमा पर्ने रुई गाउँ वि.स. २०१७ सालअघि नेपालतर्फ नै थियो । तर त्यसयता सो गाउँमा नेपालले आफ्नो हकभोग गुमाउदा समेत सरकार भने वेवास्ता गरेर बसेको छ ।
नेपालले तत्कालिन समयमा गुमाएको रुई गाउँमा हाल पनि ७० देखि ८० घर छन् । उनिहरुको अहिले पनि गोरखातर्फको साम्दो गाउँ लगायतका क्षेत्रमा आउजाउ हुन्छ ।
यति मात्रै होइन रुई र साम्दोका स्थानियहरुविच बिहेवारी पनि चल्छ । तर सिमा क्षेत्र निक्र्यौल गर्न गएको तत्कालिन नेपाल तर्फका सरकारी टोलीको लापरवाहीका कारण २०१७ सालमा नेपालले सो भुभाग गुमाउन पुगेको स्थानीयको गुनासो छ ।
यता जिल्ला मालपोत कार्यालय गोरखामा समेत २०१७ सालअघि रुई गाउँका स्थानीयले त्यस क्षेत्रका जमिनको राजश्व तिरेको तथ्यांक फेला परेको छ । विर्ता सम्बन्धि नम्बरी ढड्डा नम्बर १ मा रुइगाउँ लगायतका स्थानको ‘तिरो’ तिरेको प्रमाण कार्यालयमा सुरक्षित छ ।
तपाईको प्रतिक्रिया