काठमाडौं, ३० बैशाख । चीनका शीर्ष स्वास्थ्य अधिकारीले देशको स्वास्थ्य सेवा प्रणाली कमजोर रहेको स्वीकार गरेका छन् ।
कोरोना भाइरसको महामारीले चीनको स्वास्थ्य सेवा कमजोर रहेको स्पष्ट पारेको नेशनल हेल्थ कमिसनका निर्देशक लि बिनले चिनियाँ सञ्चारमाध्यमसँग बताएका हुन् ।
कोरोना भाइरसको महामारी स्वास्थ्य सेवाका लागि ठूलो परीक्षा रहेकोमा चिनियाँ स्वास्थ्य सेवा प्रणाली असफल भएको उनले बताएका हुन् ।
गएको डिसेम्बरमा वुहानमा कोरोना भाइरस देखिँदा सुरुमै नियन्त्रणमा लिन नसकेको भन्दै अन्तर्राष्ट्रिय रुपमा आलोचना भइरहेका बेला चिनियाँ नेशनल हेल्थ कमिसनका निर्देशकको यस्तो दुर्भल स्वीकारोक्ति आएको हो ।
उनले चीन आफ्नो रोग नियन्त्रण तथा रोकथाम क्षमता, सार्वजनिक स्वास्थ्य प्रणाली र तथ्यांक संकलनलाई व्यवस्थित तथा परिस्कृत गर्नमा लागि परेको उनले बताएका छन् ।
लिले पत्रकारसँग महामारी चीन सरकारका लागि महत्वपूर्ण चुनौति बनेर आएको बताए । उनले भनेका छन्, ‘र यसले हामीले मुख्य महामारीहरुमा कसरी सम्बोधन गर्छौँ र त्यहाँ कस्ता कमजारीहरु छन् भन्ने देखाएको छ । सँगै हाम्रो सार्वजनिक स्वास्थ्य प्रणाली कमजोर रहेको पनि देखियो ।’
चीनले अति सुस्त गतिमा महामारीको सुरुवाति चरणमा काम गरेको अभियोग लाग्दै आएको छ । यस्तै चनिले अन्तराष्ट्रिय समुदायलाई तत्काल सचेत नगराउँदा महामारी अहिलेको अवस्थामा पुगेको आरोप पनि लाग्दै आएको छ ।
भाइरसको उत्पतिका बारेमा स्वतन्त्र अन्तर्राष्ट्रिय अनुसन्धानको माग चीनले अस्वीकार गरेको छ । गएको अप्रिलमा युरोपियन युनियनले चीनले महामारीका सम्बन्धमा सही सूचना नदिएको सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको थियो ।
तपाईको प्रतिक्रिया