चन्द्रनिगाहपुरमा महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने

समाचार

12/13/2020

रौतहट, २८ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा मंसिर २९ र ३० गते उपमेयर कप महिला राष्ट्रिय कराँते प्रतियोगिता हुने भएको छ । उक्त कराँते प्रतियोगिता चन्द्रनिगाहपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा हुने आयोजक संस्था नेपाल सितोरियो कराँते संघ रौतहटले जनाएको छ ।

चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा हुने सो कराँते प्रतियोगितामा देशका विभिन्न २० वटा नगरपालिका र एउटा भारतको टिम महिला कराँते खेलाडीहरूको सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक कुमार पहाडीले जानकारी दिए ।

लामो समयको बन्दाबन्दी पछि रौतहट जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रतियोगिताको आयोजना हुन लागेको र सम्पुर्ण तयारी पुरा भएको अध्यक्ष पहाडीले बताए। खेलमा २०० खेलाडीको सहभागिता रहने पहाडीले जानकारी दिए । हरेक तौलमा विजयी प्रथम,द्वितीय र तृतीय खेलाडीलाइ नगद पुरस्कारको व्यवस्था गरेको पहाडीले बताएका छन् ।

महिला २५,३०,३५,४०,४५,५०,५५,६० र ६५ किलो तौल समूहमा प्रतिस्पर्धा हुने र टिम काता र एकल काताका खेल हुने उनले बताए । यस अघि गत वर्ष पनि चन्द्रनिगाहपुरमा अन्र्तराष्ट्रिय,राष्ट्रिय तथा प्रदेश स्तरीय खेल हुदै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ