चीनद्वारा नेपालमाथि टियर ग्यास प्रहार

समाचार

10/9/2020

हुम्ला, २३ असोज । हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेको नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन् ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन् ।

नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भको अनुगमनका क्रममा चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेको अनुगमन टोलीमा रहेका गाउँपालिकाका उपाध्यक्ष पेना लामाले बताए ।

‘५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार भयो’, उनले भने, ‘मेरो आँखामा सामान्य चोट लागेको छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ