चीनबाट फर्केका एमबीबीएस विद्यार्थी आन्दोलित

समाचार

3/24/2021

काठमाडौं, ११ चैत । कोभिड–१९ संक्रमणका कारण गत वर्ष चीनबाट फर्केका एमबीबीएस अध्ययनरत् विद्यार्थीहरुले नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग गर्दै नेपाल मेडिकल काउन्सिलमा धर्ना दिएका छन् ।

चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १५२ जना विद्यार्थीले आफ्नो इन्टर्नसिप पूरा नभएको र तत्काल चीन फर्कन पाउने कुनै सम्भावना नदेखिपछि इन्टर्नसिप सुनिश्चितताको माग गर्दै काउन्सिलअगाडि धर्ना दिए ।

विद्यार्थीले ६ महिनाअगाडि नै चिकित्सा शिक्षा आयोग, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्र पठाइएको तर कुनै सम्बोधन नभएकाले आफूहरु समस्यामा परेको बताएका छन् ।

सन् २०१४ को ब्याचमा एमबीबीएस अध्ययनरत् विद्यार्थीहरुको गत वर्ष इन्टर्नसिप रहेको र तीनदेखि १० महिनासम्म इन्टर्नसिप गर्न बाँकी रहेको विद्यार्थीले बताएका छन् ।

पढाइ पूरा गरेर काम सुरु गर्नुपर्ने बेला भइसक्दा पनि इन्टर्नसिप पूरा गर्न नपाउँदा अनिश्चित भएर बस्नुपरेको विद्यार्थीको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ