काठमाडौं, ४ असोज । चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो ।
विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो ।
तर, हालको कोभिड १९ ले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ ।
निगमको सञ्चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ ।
सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ ।
पाँच वर्षदेखि नै ती चिनियाँ विमान चलाउन धेरै प्रयास गरे पनि निगम सफल हुन सकेन । ६ वटामध्ये दुईवटा भन्दा बढी जहाज कहिल्यै उडेनन् ।
उडान गर्न नसकेर ग्राउन्डमै राखे पनि आर्थिक व्ययभार थपिँदै गएको छ । यसरी चिनियाँ जहाज काम नलगाग्ने अवस्थामा त्रिभूवन विमानस्थलको ह्यांगरमा अड्किएका छन् ।
तपाईको प्रतिक्रिया