काठमाडौं, १८ चैत । चीनकै कारण वैश्विक महामारीबाट विश्व नै त्रासको अवस्थामा रहेको छ । चीनकै वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) अहिले मानव जातिको विनासमा लागेको छ ।
नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्न चिनियाँहरुले दादागिरी शैलीमा प्रस्तुत भएका थिए । घटना हो, लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिकाको ।
लमजुङ जिल्लाको मर्स्याङदी गाउँपालिका वडा नं ६ ठूलोबेसीमा न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिक र स्थानीय बासिन्दा बीच झडप भएको छ ।
स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको अवस्था आएको हो ।
हाईड्रोपावरलाई आवश्यक सामग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाईनीजहरु कुटपीटमा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले बताइन् ।
पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु रुष्ट भएका थिए ।
आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने सामाग्री ल्याएपछि कोरोनाको डर बढकोले बिरोध जनाएको बताएका छन् । लकडाउनका समयमा आयोजनाको काम रोक्न भन्दा चीनियाँहरुले जवर्जस्ती गरेपछि झडप भएको बताइएको छ ।
चीनियाँहरु आफै कोरोनाको त्रासबाट निस्कि नसक्दै नेपालमा लकडाउनकै समयमा गतिविधी बढाउन थालेपछि स्थानिहरु उनीहरुप्रति शसंकित हुँदै अवरोध र्पुयाउन आएका थिए । तर स्थानियहरुलाई प्रतिकार गर्न फिल्मी शैलीमा हतियार सहित आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो ।
भिडियो स्रोतः फलानो क्रियसन
<iframe src="//www.youtube.com/embed/LartFbeuhZQ" width="560" height="314" allowfullscreen="allowfullscreen"></iframe>
तपाईको प्रतिक्रिया