राजविराज, ८ असोज । हुम्लामा उत्तर छिमेकी चीनको तर्फबाट भएको सीमा अतिक्रमणप्रति नेपाली सदभावना परिषद्ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
तत्कालीन सद्भावना परिषद र नेपाल सद्भावना पार्टीका जीवित संस्थापकहरुले गठन गरेको नेपाली सदभावना परिषद्ले हुम्ला जिल्लाको उत्तरतर्फको ११ न. पिलर सारेर चीनले अतिक्रमण गरेको भन्दै सो प्रति आपति समेत जनाएको हो ।
परिषदका संयोजक विश्वनाथ साहले बिहीबार एक विज्ञप्ति जारी गरी उत्तर छिमेकी चीनको तर्फबाट हुम्लामा भएको अतिक्रमणप्रति सरकार मौन बस्नु र प्रतिपक्षी नेपाली कांग्रेसको कुनै प्रतिक्रिया नआउनुलाई नेपाली राष्ट्रवादको दुर्भाग्यको सूचकको संज्ञा दिएका छन् ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘देशको सीमा अतिक्रमण हुँदा पनि सरकारको मौनता र प्रतिपक्षीको कुनै प्रतिक्रिया नआउनु लोकतन्त्रका लागि श्रेयस्कर होइन परिषद यस्तो हर्कतप्रति आपति जनाउदै भत्र्सना समेत गर्दछ ।’
तपाईको प्रतिक्रिया