काठमाडौं, २१ चैत । पाकिस्तानमा कोभिड–१९ संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । पाकिस्तानमा हालसम्म भाइरसबाट पीडित करिब २००० व्यक्तिहरु संक्रमित छन् ।
पाकिस्तानमा कोरोनमाको आतंक र चिन्ता बढ्दै गइरहेको छ । । र यसको कारण चीन हो ।
यस वर्षको सुरुमा वुहानलाई भाइरसले नराम्रो असर पारेको बेला पाकिस्तानले त्यहाँबाट आफ्नै विद्यार्थीहरूलाई पनि बाहिर निकाल्न सकेन ।
यस शहरबाट बाहिर निकाल्न बिन्ति गरेको पाकिस्तानी विद्यार्थीहरूको धेरै भिडियोहरू यस अघि सोशल मीडियामा आएको थियो ।
थोरै पनि संवेदनशीलता नभएको पाकिस्तानी सरकारको झुट्ठा कूटनीति आफ्नै नागरिकहरूको व्यक्तिगत सुरक्षामाथि हाबी भएको स्पष्ट देखियो ।
चीन–पाकिस्तान आर्थिक कोरिडोर (ओपेक) अन्तर्गत निर्माण कार्यका लागि पाकिस्तानमा चिनियाँ कामदारहरूको उपस्थिति कोभिड–१९ मा अचानक बढेको पछाडिको सम्भावित कारण हुनसक्ने शंका उत्पन्न भएको छ । चीनमा भाइरसको ब्रेकआउट भएपछि पनि ठूलो संख्यामा कामदारहरू पाकिस्तान आइपुगे ।
पाकिस्तानले काश्मिरीमाथि कुनै सहानुभूति राख्दैन् । त्यहीँभएर यसबीचमा पाक सरकारले भाइरसबाट प्रभावित मानिसहरूलाई पाकिस्तान अधिकृत काश्मिरमा सार्दै आएको छ ताकि यो संक्रमण मुख्य भूमिमा न फैलोस् ।
मुस्लिम सम्मेलनका अध्यक्ष एवम् मीरपुरमा अधिवक्ता मुजफ्फरले चेतावनी पनि दिए कि पाकिस्तानले कब्जा गरेको जम्मू कश्मीर (पीओजेके) मा उचित स्थास्थ्य व्यवस्थाको अभाव रहेकोले यहाँका शहरहरुमा क्वारेन्टाइन बनाउनु खतरापूर्ण हुन्छ ।
तपाईको प्रतिक्रिया