चिनियाँ कम्पनी सरकारको कालोसूचीमा

समाचार

1/31/2021

काठमाडौं, १८ माघ । सरकारले चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरुलाई एक वर्षसम्मका लागि कालो सूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले केही नेपाली कम्पनीसहित चिनियाँ कम्पनीहरुलाई कालोसूचिमा राखेको हो ।

चिनियाँ कम्पनी जियाङ्गसु जिआलोङ्ग इन्जिनियरिङ कन्सट्रक्सन चाइना (जेजेईसीसीएल) सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ ।

कालो सूचीमा परेका निर्माण व्यवसाय तथा आपूर्तिकर्ताहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ