काठमाडौं, १८ असोज । चिनियाँ दूतावास अगाडि प्रदर्शन गर्न गएका २७ जना पक्राउ परेका छन् ।
दूतावास अगाडि आइतबार प्रदर्शन गर्न जाने २३ पुरुष र ४ महिलालाई नियन्त्रणमा लिएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताए । हुम्लामा चीनले नेपाली भूमि मिचेको भन्दै त्यसको विरोध गर्न उनीहरु त्यहाँ पुगेका हुन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेवि संघका कार्यकर्ताले पनि केहि दिनपहिले दूतावासअगाडि प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया