काठमाडौं, १५ पुस । नेपालमा चिनियाँ हस्तक्षेप बढेको भन्दै त्यसको विरोधमा युवाहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् ।
युवाहरुले बुधबार बिहान चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन् ।
युवाहरुले चिनियाँ हस्तक्षेपको विरोधमा नारा लगाउन थाल्ने वित्तिकै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । चार दिनअघि नेपाल आएको चिनियाँ टोली स्वदेश फर्किएकै दिन युवाहरुले प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया