चिनियाँ हस्तक्षेप विरुद्ध राँके जुलुश

समाचार

12/30/2020

काठमाडौं, १५ पुस । नेपालको आन्तरिक मामिलामा चिनियाँ हस्तक्षेप भएको भन्दै एक समूहले राष्ट्रपति कार्यालय नजिकै महाराजगञ्जमा राँके जुलुस निकालेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री गुओ येचौको ४ दिने नेपाल भ्रमणमा रहेकै बेला सो समूहले राष्ट्रपति कार्यालय नजिकै राँके जुलुश निकालेको हो ।

स्वतन्त्र युवा सञ्जालाा आवद्ध युवाहरुले राष्ट्रपति कार्यालयबाट चिनियाँ दुतावासतर्फ जाने प्रयास गरेपनि उच्च सुरक्षा सतर्कताका कारण उनीहरु राँको बीचमै फालेर तितरबितर भएका थिए ।

राँके जुलुशका सहभागीहरुले नेपालको आन्तरिक राजनीतिमा चिनियाँ हस्तक्षेप बन्द गर, हुम्लामा मिचेको नेपाली भूमि फिर्ता गर, तातोपानी र रसुवागढी भन्सार नाका खुल्ला गर लगायतका नारा लगाएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ