चीनले नेपाली भूमि कब्जा गरी भवन बनाएकोमा कांग्रेस नेता धनराजको आपत्ति

समाचार

9/22/2020

काठमाडौं, ६ असोज । नेपाली कांग्रेसका नेता धनराज गुरुङले हुम्लाको नाम्खा गाउँपालका–६ लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेकोमा बिरोध जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा आफ्नो टिप्पणी राख्दै गुरुङले नेपाली भूमीमा लामोसमयदेखि नेपालीलाई जान समेत नदिएर कब्जा गरि भवन बनाउँदा सरकार वेखबर भएकोमा आपत्ती जनाएका हुन् ।

प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराउँदै गुरुङले भनेका छन्,’ राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन ।’

सीमावर्ती जिल्लाहरुको रणनीतिक महत्वको क्षेत्रमा चीनले सिलसिलेवार रुपमा अतिक्रमण गरेको यसअघिका समाचार आउँदा सरकारले त्यसको खण्डन गरेको थियो । यो प्रकरणमा भने सरकार चुपचाप छ ।

कांग्रेस नेता गुरुङले हुम्लाको नाम्खा लिमीको लाप्चा क्षेत्रमा चीनले नेपाली भुमीमा जबरजस्ती भवन निर्माण गरिरहेको समाचारका बारेमा प्रतिक्रिया दिदै भने, ’ खवरदार ! ठूला भनाउँदा दुई छिमेकी देशले मिचाहा प्रबृत्ति नदेखाऊ । यस सन्दर्भमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु। राष्ट्रियताको छेउ र कुनामा फरक परिभाषा हुँदैन ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ