काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चीनसँगको सीमा संवेदनशील भएको बताएका छन् । उनले चीनसँगको सीमा विवाद सुल्झाउन सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सरकारले चीनसँगको सीमा सम्बन्धलाई बेवास्ता गरेको आरोप लगाए ।
समिति बैठकमा उनले भने, ‘सिमानाको कुरा गर्दा भारतसँग मात्रै होइन चीनसँग पनि सिमानामा विवाद भएको छ ।
त्यसबारे पनि परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्दा ओभरलुक गरेको हो कि के हो ? कांग्रेसकै नेताले त्यहाँको भिजिट गरेर रिपोर्ट दिएका छन् । त्यसलाई ओभरलुक गर्न कति उचित हुन्छ ? यो केही भएको छैन भनेर सरकारले हतार-हतारमा किन भन्नुपरेको हो ?’
तपाईको प्रतिक्रिया