चोरीको मोटरसाइकलसहित पठान पक्राउ

समाचार

7/18/2021

कपिलवस्तु, ३ साउन । कपिलवस्तु नगरपालिका–१ गौढीचोकस्थित सडकबाट १ थान चोरीको मोटरसाइकल सहित यशोधरा गाउँपालिका–५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठानलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारी अनुसन्धान गर्दा उक्त मोटरसाइकल गत जेठ २४ गते कपिलवस्तु नगरपालिका–१ नयाँटोल बस्ने मोहम्मद वाजीह अरसदको बा.७२ प ६३११ नम्बरको पल्सर मोटरसाइकल रहेको खुल्न आएपछि उनलाई पक्राउ गरेको हो ।

उनीउपर चोरी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ