चरणबद्ध आन्दोलन गर्ने थरुहट–थारुवान् मोर्चाको घोषणा

समाचार

2/26/2021

कैलाली, १४ फागुन । थरुहट–थारूवान् मोर्चाले चरणबद्ध आन्दोलन गर्ने भएको छ । मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले आन्दोलनको तयारी थालिएको बताए ।

मोर्चाले बिहीबार कैलालीको हसुलियामा पत्रकार सम्मेलनको आयोजना गर्दै शान्ति सद्भाव न्याय र अधिकारका लागि दासताविरुद्ध विशेष राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

मोर्चाका नेता थारूले उक्त सम्मेलनमा सम्पूर्ण राजनीतिक दलका नेता तथा प्रतिनिधि, मानव अधिकारकर्मी, सांसदलगायत सहभागिता गराई हरेक पार्टीभित्र थारूप्रतिको बुझाइबारे बृहत छलफल गरी निष्कर्षको विन्दुमा पुग्ने बताए ।

फाल्गुन १६ गतेको हुने बन्द सत्रमा दलित, खसान, तमुवान मगरातलगायत सम्पूर्ण पहिचानबादीबीच छलफल हुने पनि थारूले जानकारी दिए ।

यस्तै मोर्चाका केन्द्रीय प्रवक्ता मीनराज थारूले सम्पूर्ण थहरुहट शक्तिलाई एकबद्ध गर्न सम्मेलनको आयोजना गरिएको बताए । सम्मेलनमा मेचीदेखि महाकालीसम्मका नेता तथा प्रतिनिधिहरुको सहभागिताका लागि समेत प्रबन्ध मिलाइएको उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ