रुपन्देही, २० माघ । जिल्लाको सिद्वार्थनगर नगरपालिका १ स्थित डण्डाकोटहीमाई ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख ३४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा मोटर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बेलहियामा बुझाईएको छ ।
तपाईको प्रतिक्रिया