चोरीपैठारीको लत्ताकपडा बरामद

समाचार

4/16/2021

रुपन्देही, ३ बैशाख । सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीव ६ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका १ श्रीरामपुर स्थित सीमा ईलाकाबाट बरामद गरेको हो ।

बरामद लत्ताकपडा भन्सार कार्यालय बेलहियामा बुझाइएको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ