चरीबाघको छालासहित २ जना पक्राउ

समाचार

6/30/2021

बाँके, १६ असार । राप्ती सोनारी गाउँपालिका–१ कुसुमबाट १ थान चरीबाघको छाला सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बेलुका पक्राउ पर्नेहरुमा दैलेख, भैरबी गाउँपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्र शाही र दाङ, घोराही उपमहानगरपालिका–९ बस्ने ३१ वर्षीय सन्तोष कुंवर रहेका छन् ।

बाघको छाला ल्याइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरू सवार रा.४ प ६५०४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरको डिक्कीभित्र लुकाई राखेको उक्त छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ