रौतहट, १५ चैत । भारतको विभिन्न ठाउँबाट चोरबाटो हँंदै अधिकांश मानिस रौतहट भित्रिन थालेपछि स्थानीवासीले आफ्नो गाउँ छिर्ने बाटो बन्द गर्न थालेको छ ।
कोरोना संक्रमण हुनबाट गाउँ जोगाउन युवाहरुले बाटो बन्द गर्न थालेका हुन् । सरकारले ११ गतेदेखि गरेको लकडाउनका कारण रौतहटको सबै नाकाहरु बन्द छन् ।
त्यसैले उनीहरु भारतबाट आउँदा चोरबाटो हुंदै आउने गरेका छन् । लामो समय भारत बसेर फर्केकामध्ये केहीलाई ज्वरो समेत आएको भन्दै स्थानीयवासीले खबर गरेपछि १२ जनालाई नियन्त्रणमा लिएर चन्द्रपुरस्थित क्वारेन्टाईनमा राखिएको छ ।
भारतबाट चोरबाटो हुँदै रौतहट आउनेको संख्या बढ्न थालेपछि स्थानीय युवाहरु गाउँ–गाउँको बाटोमा खाडल खनेर र बार लगाएर बाटो नै बन्द गर्न थालेका छन् ।
रौतहटको फतुवा बिजयपुर, गुजरा, बृन्दावन, गढीमाई, माधन नारायण नगरक्षेत्रका युवा तथा गाँउलेहरुले बाटो बन्द गरेका छन् ।
बहिरबाट आउनेहरुबाट कोरोना सर्ने सम्भावित खतरालाई नियन्त्रण गर्न बाटो बन्द गरिएको उनिहरुले बताएका छन् । रौतहटका सिडिओ बासुदेव घिमिरेले बाहिरबाट आउनेले सुरुमै मेडिकल चेकअप र १६ दिन क्वारेन्टाईनमा बस्न अनिवार्य रहेको बताए ।
तपाईको प्रतिक्रिया