कैलाली, २८ माघ । धनगढी उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३२ वर्षीया मिना ऐरलाई ३ सय ग्राम अवैध लागूऔषध चरेश र ३४ ग्राम अवैध लागूऔषध गाँजा सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
मिना लागूऔषध कारोबारमा संलग्न रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया