मोरङ, ३० माघ । विराटनगर महानगरपालिका–१५ हुलास मेटलस्थित सडकबाट करिब ४ केजी अवैध लागूऔषध गाँजा सहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानगरपालिका–५ बस्ने ५२ वर्षीय तेज बहादुर राई र सोही ठाउँ बस्ने ४१ बर्षीय पदम बहादुर राई रहेका छन् ।
भारततर्फ जाँदै गरेको को.२ ह ७२४१ नम्बरको अटोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कार्टुनमा लुकाएर लैजाँदै गरेको उक्त गाँजा फेला पारी अटोमा सवार तेज बहादुर र अटो चालक पदम बहादुरलाई अटो सहित पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया