छठमा पनि ज्येष्ठ नागरिकले भत्ता पाएन

समाचार

11/21/2020

बारा, ७ मंसिर । कलैया उपममहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा चाडबाड मनाउने योजनामा रहेका ज्येष्ठ नागरिक, अपाङ्ग र एकल महिला निराश बनेका छन् ।

तराईको मुख्य चाडमा समेत सरकारले दिएको भत्ता रकम उपमहानगरले नबाडेको भन्दै लाभग्राही रुष्ट भएका छन् । छठमा अनिवार्य नयाँ कपडा लगाउने चलन छ । जाडोलाई समेत जोहो हुने आशा गरेका उनीहरु निराश भएका छन् । भत्तामा आश्रित परिवारलाई छठ पर्व मनाउन साहुसँग ऋण लिनुपर्ने अवस्था आएको कलैया– १४ का धुपा हजाराले गुनासो गरे ।

उपमहानगरले भत्ता वितरण नगरेको भन्दै नेकपा कलैया उपमहानगर कमिटीका सचिव मुकेश साहले आपत्ति जनाएका छन्

कलैयाजस्तै बाराको सिम्रौनगढ नगरपालिका कार्यालयले पनि समाजिक सुरक्षा भत्ता वितरण गरेको छैन । भत्ता वितरण नगरेको भन्दै विरोध सुरु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिम्रौनगढ नगर कमिटीले ¥यालीसमेत निकालेर विरोध जनाएको छ ।

कर्मचारी अभावका कारण समाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम जयसवालले बताए । त्यस्तै बाराको महागढीमाई नगरपालिकाले पनि चाडपर्वमा समाजिक सुरक्षा भत्ता र बालबालिकाको बालपोषण भत्ता वितरण नगरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ