छोराले गरे बुवाको हत्या

समाचार

6/26/2021

जनकपुरधाम, १२ असार । धनुषामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर १ काशिपुरका श्रीकृष्ण यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अंश विवादका कारण यादवले आफ्नो ७० वर्षीय बुवा विशो यादवको हत्या गरेका उनले बताए । कान्छो छोरा श्रीकृष्णले मसाला कुट्ने खलको बिड प्रहार गरि बुवाको हत्या गरेका उनले बताए ।

खलको बिडबाट मृतकको टाउकोमा दुई इञ्च घाउ देखिनुका साथै घाँटी समेत थिचिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ