मोरङ, १५ जेठ । बेलबारी–४ काकुम बुधबारेमा छुरा प्रहारबाट २ जनाको बिहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने ५५ वर्षीया देवी कुमारी लिम्बु र उनको छोरा ३० वर्षीय जिबन बहादुर लिम्बु रहेका छन् ।
जीवनले आमा देवी कुमारीलाई छुरा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको र स्वयमलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको सामुदायिक अस्पताल नोबेल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धानको लागि प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
तपाईको प्रतिक्रिया