जगदम्बा स्टिलमा आगलागी हुँदा दुई मजदूरको मृत्यु

समाचार

6/20/2021

वीरगञ्ज, ६ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको जगदम्बा स्टिलमा शनिबार अगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

आगलागीमा परी कारखानामा कार्यरत दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । मृत्यु हुनेमा भारत विहार पश्चिम चमपारणाका ४० वर्षीय प्रदीप गोड र ४५ वर्षीय रामनाथ महतो रहेका छन् ।

कारखानामा वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको उनले बताए ।

‘वेल्डिङ गर्ने क्रममा विद्युत् सर्ट भई आगलागी भएको हो,’ उनले भने, ‘आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।’

वेल्डिङ गर्ने क्रममा कारखानामा रहेको फर्नेस आयल ट्यांकर विस्फोट भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ