जगदम्बा स्टिल फ्याक्ट्रीमा आगलागी हुँदा ४ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट

समाचार

5/26/2021

बारा, १२ जेठ । जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा ट्रान्सफर्मरमा बिद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको छ ।

सो आगलागीबाट २ हजार ५ सय किलो केभिको ट्रान्सफर्मर, २ हजार केभिको क्यापसिटर र १ हजार केभिको क्यापसिटर पूर्ण रुपमा जलेर करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ