जोगबनी नाकाबाट निर्वाध खाद्यान्न र तेल आयात

समाचार

3/31/2020

काठमाडौं, १८ चैत । कोरोना संक्रमण फैलन नदिनका लागि जोगबानी नाका बन्द भएपनि खाद्यान्न, पेट्रोलियम पदार्थ र औद्योगिक कच्चा पदार्थ नेपाल भित्रिरहेका छन् ।

लकडाउनका बेला पनि नेपाल भित्रिएका ट्रक तथा कन्टेनरमा दैनिक उपभोग्य वस्तुको मात्रा पनि उल्लेख्य छ । भारत तथा तेस्रो मुलकबाट जोगबनी नाका हुँदै नेपाल भित्रिएका सामग्रीहरूमा आलु, प्याज, केराउ र खाद्यान्न समेत छन् ।

यो बाहेक ग्यासका बुलेट र डिजेल पेट्रोलका ट्याङ्करसमेत उल्लेख्य रहेको एकिकृत भन्सार जाँच चौकी (आइसीपी)ले जनाएको छ ।

यस्तै जोगबनी सीमा नाका हुँदै औद्योगिक कच्चा पदार्थ समेत नेपाल भित्रिएको एकिकृत भन्सार जाँच विन्दुका अधिकृत गोपी उप्रेतीले बताए ।

सीमा नाका बन्द गरिए पनि खाद्यान्न, औद्योगिक कच्चा पदार्थ र पेट्रोलियम पदार्थ बोेकेका ट्रक तथा कन्टेनरह« निर्वाध रुपमा नेपाल भित्रिइरहेको उप्रेतीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ