जंगलमा च्याउ खोज्न गएका एकजना मृत फेला

समाचार

7/25/2021

रुपन्देही, १० साउन । सैनामैना नगरपालिका–१ वर्माडाँडा बस्ने ५३ वर्षीय चन्द्र बहादुर थापा जंगलमा मृत अवस्थामा फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका–१२ स्थित चारपाला सामुदायिक जंगलमा उनी शनिबार मृत अवस्थामा फेला परेका छन् ।

साउन ४ गते सोही जंगलमा च्याउ खोज्न गएको अवस्थामा बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त जंगलमा शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ