जोगवनी नाका खोल्न माग गर्दै धर्ना

समाचार

12/4/2020

विराटनगर, १९ मंसिर । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले सिल गरेको विराटनगर जोगवनी नाका खुला गर्न माग गर्दै मोरङस्थित जोगवनी नाकामा स्थानीयले शुक्रबार एक घन्टा धर्ना दिएका छन् ।

भारतको जोगबनी र नेपालको विराटनगर नाकाको सिमाना विराटनगर भन्सार ढाट क्षेत्रमा परिवर्तन समाजको ब्यानरमा स्थानीयले बन्द नाका खोल्न माग गर्दै धर्ना दिएका हुन् ।

गत नौ महिनादेखि नेपाल–भारत नाका वैधानिक रूपमा बन्द हुँदा नेपाल–भारतको व्यापार–व्यवसाय मात्र नभएर सामाजिक र सांस्कृतिक सम्बन्धमा पनि असर परेको स्थानीयको गुनासो छ ।

लकडाउनकै कारण धेरैका आफन्त आउजाउ गर्न र वैवाहिक सम्बन्ध कायम गराउन समस्या भइरहेको उनीहरुको भनाइ छ ।

सरकारले कोरोना संक्रमण रोकथाम गर्न ११ चैत मध्यरातिदेखि देशव्यापी रूपमा गरेको लकडाउनले सिल भएको नेपाल–भारत सीमानाका अझै खुला भएको छैन ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ