काठमाडौं, २८ बैशाख । सरकारकाले भारतको सेरम इन्स्ट्यिुटबाट खरिद गरेको २० लाख डोज खोपमध्ये आपूर्ति हुन बाँकी रहेको १० लाख डोज खोप आउने भएको छ । गत फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु भएको थियो ।
चैत ४ गतेसम्म चलेको खोप अभियानमा खोप लगाएकाहरूले तीन महिनापछि जेठ २३ गतेदेखि दोस्रो डोज लगाउनु पर्ने छ ।
कोभ्याक्स सुविधा र भारतबाट खरिद गरेको गरेर पहिलो डोज लगाएका झन्डै साढे १४ लाख मानिसहरूले दोस्रो डोज लगाउन बाँकी छ ।
उनीहरूलाई लगाउनका लागि जेठको अन्तिमसम्ममा भारतबाट खरिद गरेको १० लाख डोज खोप र कोभ्याक्स सुविधा मार्फतको करिब साढे ३ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयले बताएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जेठ महिनाको अन्त्यसम्म खोप आइसक्ने जानकारी दिए ।
कोभ्याक्स सुविधामार्फत पहिलो चरणमा आएको खोप पनि पहिलो डोजका रूपमा लगाइएको थियो । त्यस कारण कोभ्याक्स सुविधाबाट दोस्रो डोज खोप पनि आउने मन्त्रालयको भनाइ छ ।
विविध कारणले भारतबाट यसअघि खोप आपूर्ति प्रक्रिया रोकिएको थियो । खोप खरिद एवम् आपूर्ति रोकिनुको पछाडि विचौलियको बिगबिगी रहेको समाचार प्रकाशित भएको थियो । अहिले सरकार नै सक्रिय भएपछि भारतबाट खोप आपूर्ति हुन लागेको हो ।
तपाईको प्रतिक्रिया